पदाधिकारी बैठक अगाडि पौडेल पक्षको छुट्टै छलफल 

पदाधिकारी बैठक अगाडि पौडेल पक्षको छुट्टै छलफल 

काठमाडौँ : नेपाली कांग्रेसको पदाधिकारी बैठक अगाडि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै छलफल गर्दैछ।

महामन्त्री डा. शशाङ्क कोइरालाको निवास महाराजगन्जमा दिउँसो १ बजे छलफल हुन लागेको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए। 

पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत अझै १३ जिल्लाको वडा अधिवेशन हुन सकेको छैन। पौडेल पक्षले पार्टीको महाधिवेशन र मन्त्रीपरिषद्लाई पूर्णता दिन ढिलाइ भएको विषयमा छलफल गर्न लागेको जनाएको छ। 

दिउँसो ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी पदाधिकारीहरूको बैठक बस्दैछ। त्यस अगाडि आफ्नो समूहको साझा धारणा तय गर्न छलफल हुने पौडेल पक्षले बताएको छ।

६ असोज, २०७८, १२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।