एकै दिन ९ सय रुपैयाँले बढ्याे सुनको मूल्य

एकै दिन ९ सय रुपैयाँले बढ्याे सुनको मूल्य

काठमाडाैं : नेपाली बजारमा आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य ९० हजार एक सय रुपैयाँ ताेकेकाे छ।

छापावाल सुन मङ्गलबार ८९ हजार २ सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँ कायम गरिएको छ। तेजाबी सुन मङ्गलबार प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलबारका तुलनामा आज प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी मङ्गलबार प्रतितोला एक हजार एक सय ४० मा कारोबार भएको थियो। चाँदीको मूल्य आज प्रतितोला एक हजार एक सय ६५ तोकिएको छ।

६ असोज, २०७८, १२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।