पर्सामा सशस्त्र प्रहरीका ७ बोर्डर आउट पोष्ट भवन निर्माण

पर्सामा सशस्त्र प्रहरीका ७ बोर्डर आउट पोष्ट भवन निर्माण

पर्सा : भारतसँग सिमाना जोडिएका पर्साका ७ स्थानमा सशस्त्र प्रहरीकाे बोर्डर आउट पोष्ट (बिओपी) भवन निर्माण गरिएका छन्।

सङ्घीय सरकारको लगानीमा प्रतिबोर्डर आउट पोष्ट करिब एक करोड रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ हेडक्वार्टर प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए।

भवन निर्माण भएका स्थान पर्साको आसबारी, ठोरी, ब्रह्मनगर, सुवर्णपुर, भिस्वा, पकाहामैनपुर र अमरपट्टि बोर्डर आउट पोष्ट रहेका छन्।

उक्त स्थानमा बोर्डर आउट पोष्टका भवन निमार्णपछि सीमा क्षेत्रमा हुने चोरी, तस्करी, अवैध व्यापार नियन्त्रण तथा सीमा सुरक्षामा थप सजिलो हुने अपेक्षा गरिएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताए।

जिल्लामा कूल १८ बिओपीमध्ये अझै पनि १० बिओपी अन्य कार्यालयको भवनमा सञ्चालनमा छन्।

६ असोज, २०७८, १२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।