परराष्ट्रमन्त्रीमा नियुक्त खड्काले केहिबेरमा शपथ लिँदै 

परराष्ट्रमन्त्रीमा नियुक्त खड्काले केहिबेरमा शपथ लिँदै 

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन्। उनलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

उनको शपथ ग्रहणको तयारी भइरहेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए। पद तथा गोपनीयताको शपथ लिएर खड्का राष्ट्र सङ्घीय महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क जादैछन्। 

खड्काको नियुक्तिसँगै मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री भएका छन्। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले साउन १० गते उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए। 

सत्ता गठबन्धन दलको सहमतिमा देउवाले बुधबार खड्कालाई नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेका थिए। एक जना मन्त्री थपिए पनि बाँकी १६ मन्त्रालय प्रधानमन्त्री देउवा आफैले राखेका छन्। उनले आजसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिएका छैनन्।

६ असोज, २०७८, ११:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।