गैरआवासीय नेपालीको चुनावबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल हुँदै

गैरआवासीय नेपालीको चुनावबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल हुँदै

काठमाडौँ : नेपाली कांग्रेसको पदाधिकारी बैठक दिउँसो ३ बजे बस्दैछ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशन, समसामयिक राजनीति र गैरआवासीय नेपाली सङ्घको चुनावका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। 

बैठकमा गैरआवासीय नेपाली सङ्घको चुनावबारे छलफल हुनेछ। सभापति शेरबहादुर देउवाले एनआरएनएको चुनावकै विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका कांग्रेस पार्टी कार्यालयले जनाएको छ।

सङ्घको अध्यक्षमा कांग्रेस निकट कुल आचार्य र रबिना थापाले उम्मेदवारी दिने बताइरहँदा कांग्रेसले दुई मध्ये एक जनामा सहानुभूति राख्ने कांग्रेसका एक नेताले बताए। ‘आधिकारिक नै भन्ने त हुँदैन,’तीन नेताले भने,‘विदेशमा बस्ने नेपालीको चुनाव भएकाले पार्टीमा छलफल हुन लागेको हो।’

बैठकमा पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत क्रियाशील विवादका कारण असोज ५ गते हुन नसकेको १३ जिल्लाको वडा अधिवेशनबारे पनि छलफल हुनेछ।

६ असोज, २०७८, ०९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।