बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा वर्षा 

बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा वर्षा 

काठमाडौँ : हाल देशभरको मौसम आंशिक देखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने अनुमान विभागले गरेको छ। 

पहाडी  भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

६ असोज, २०७८, ०८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।