गुल्मीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु 

गुल्मीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु 

बुटवल : गुल्मीमा पहिरोले घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

रेसुङ्गा नगरपालिका वडा नम्बर ८ थुम्कामा तिलक परियारको घर माथिबाट आएको पहिरोले घरमा सुतिरहेका छोरीहरू २१ वर्षकी भावना परियार र १४ वर्षका जुम्ल्याहा छोरी गङ्गा जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

पहिरो राति करिब १ बजे आएको हुन सक्ने प्रहरीले बताएको छ।

पहिरोमा पुरिएका शव स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको पाण्डेले बताए। उनीहरूको शवलाई अहिले गुल्मी अस्पतालमा पोस्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ। 

तिलक परियार, उनकी श्रीमती र अर्की छोरी सुरक्षित रहेको र उनीहरूलाई छिमेकीको घरमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

६ असोज, २०७८, ०७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।