माइतिघरको पिचमा बुढी गण्डकी प्रभावित : दिनभर नारा लगाउँछन् तर सुन्ने कसले ?

माइतिघरको पिचमा बुढी गण्डकी प्रभावित : दिनभर नारा लगाउँछन् तर सुन्ने कसले ?

काठमाडौँ : बुढी गण्डकी जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयवासी आफ्ना मागहरू लिएर २ दिनदेखि धर्नामा छन्। उनीहरू माइतिघरको सडकमा धर्ना बस्दै आएका छन्।

बुढी गण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको नाममा धर्नामा बसेकाहरूले वातावरण पुनर्वास इकाईको काम ,दर्ता छुटलाई मुआब्जा ,एक घर एक रोजगारको ग्यारेन्टी लगायतको माग राख्दै आएका छन्। उनीहरु दिनभर माइतीघरको पिचमा बसेर नारा लगाउँछन्। तर जसले माग पुरा गर्न सक्ने हुन् उनीहरुले अहिलेसम्म चासो दिएका छैनन्।

बूढीगण्डकी आयोजनाले डुबान क्षेत्रको व्यक्तिगत जग्गाको मुआब्जा दिए पनि जग्गामा बनेको घर, संरचनाको मुआब्जा नदिएको, मुआब्जा निर्धारण समितिको निर्णय अनुसार ५ रोपनीभन्दा कम जग्गा हुनेलाई मुआब्जामा १५ प्रतिशत र १० रोपनी भन्दा कम जग्गा हुनेलाई मुआब्जामा १० प्रतिशत थप रकम दिनुपर्ने माग राख्दै आएका छन्। 

आयोजना प्रभावितलाई पुर्नबास तथा पुनर्स्थापनाको ग्यारेन्टी गरिनुपर्ने तथा डुबान क्षेत्रवासीलाई हाल बसोबास गरिरहेकै वडामा पुर्नबासका जग्गा दिनुपर्ने माग गर्दै आएका छन्। 

 

 

५ असोज, २०७८, १९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।