धिताेपत्र बाेर्डका अध्यक्ष ढुङ्गानामाथिकाे अनुसन्धान प्रतिवेदन जाँचबुझ समितिले बुझायाे

धिताेपत्र बाेर्डका अध्यक्ष ढुङ्गानामाथिकाे अनुसन्धान प्रतिवेदन जाँचबुझ समितिले बुझायाे

काठमाडाैंः सरकारद्वारा गठित जाँचबुझ समितिले नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष भिष्मराज ढुङ्गानामाथिकाे अनुसन्धान प्रतिवेदन सरकारलाई बुझाएकाे छ। आज अर्थ मन्त्रालयमा आयाेजित एक कार्यक्रमका बीच जाँचबुझ समितिका अध्यक्ष तथा उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेले  अर्थमन्त्री जनार्दन शर्मासमक्ष प्रतिवेदन बुझाएका हुन्।

ढुङ्गानाले बाेर्ड अध्यक्षकाे पदमा आसिन रहेकाे बेला पदीय आचरणविपरीत छाेरी रेबिका ढुङ्गानाकाे नाममा शेयर खरीद गरेकाे भन्दै समाचार प्रकाशन भएपछि उनीमाथि अनुसन्धान थालिएकाे थियाे।

अध्यक्ष ढुङ्गानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्याई बोर्डको हित र पुँजी बजारको विकासविपरीत कार्य गरेकाे भन्दै गत भदौ १६ गतेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेको थियो। समितिलाई १५ दिनभित्र प्रतिवेदन सार्वजनिक गर्न पनि निर्देशन दिइएकाे थियाे। 

 

५ असोज, २०७८, १८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।