काेराेना अपडेटः एक हजार ३६ जनामा सङ्क्रमण, ५ काे निधन

काेराेना अपडेटः एक हजार ३६ जनामा सङ्क्रमण, ५ काे निधन

काठमाडाैंः पछिल्लाे २४ घण्टामा देशभर एक हजार ३६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेकाे पछिल्लाे विवरणअनुसार हाल देशभर कूल सङ्क्रमितकाे सङ्ख्या ७ लाख ८६ हजार ५ सय ७७ पुगेकाे छ। 

यसमध्ये २१ हजार ५ सय २४ जना सक्रिय सङ्क्रमित रहेकाे मन्त्रालयले बताएकाे छ। 

यस्तै पछिल्लाे २४ घण्टामा काेराेना सङ्क्रमणबाट निधन हुनेकाे सङ्ख्या ५ रहेकाे छ। यससँगै हालसम्म कूल मृतक सङ्ख्या ११ हजार ५३ पुगेकाे छ। 

मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा एक हजार ८ सय ३० जना सङ्क्रमणमुक्त भएका छन्। याेसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या ७ लाख ५४ हजार पुगेकाे छ। 

हाल देशभर २ सय ५० जना क्वारेन्टिनमा रहेका छन्। 

५ असोज, २०७८, १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।