चिकित्सा शिक्षा आगोगले जारी गर्‍यो पूर्वमनोनयनको सूचना

चिकित्सा शिक्षा आगोगले जारी गर्‍यो पूर्वमनोनयनको सूचना

काठमाडौंः चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तथा विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्वमनोनयन सम्बन्धी सुचना प्रकाशित गरेको छ। 

‘आयोगले पूर्वमनोनयनको सूचीमा सूचिकृत भएका उमेद्वारले असोज ७ गतेभित्र आफू पूर्वमनोनयनमा परेको सिटमा अध्ययन गर्न सहमत वा असहमत भए सो को जानकारी अनिवार्य रूपमा आयोगलाई आफ्नो अनलाईन प्रोफायलमार्फत दिनुपर्ने’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आयोगले यसअघि भदौमा पूर्वमनोनयनको सूची प्रकाशन गरेको थियो। छात्रवृत्ति तथा विदेशी कोटाको म्याचिङ लिष्टमा उजुरी परेपछि आयोगले छानबिन गरी नयाँ सूची प्रकाशित गरेको हो। 

आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले यसअघि ‘प्रि–नोमिनेशन’ प्रकाशित गरेकाले त्यसमा कसैलाई चित्त नबुझेको र उजुरी दिन सक्ने व्यवस्थाअनुसार केही विद्यार्थीले उजुरी दिएको जानकारी दिए। उनले भने, ‘केही मान्छेहरूले उजुरी दिए। फेरि छानबिन गरेर अर्को सूची निकालेको हो।’ 

अझै ३ दिन समय भएकाले आफूलाई चित्त नबुझेको अवस्थामा तथा पढ्ने नपढ्ने भन्ने विषयमा निर्णय गर्नुपर्ने उनले बताए। सजिलोको लागि पूर्वमनोनयन गरिएको उनले बताए। 

उपाध्यक्ष गिरीले भने, ‘आनावश्यक रूपमा विश्वविद्यालयमा गएर भर्ना नहुनेको संख्या कम नहोस्, पहिले नै आफ्नो कुरा भनुन् भनेर प्रि–नोमिनेशन गरेको हो।’

५ असोज, २०७८, १५:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।