भारतीय तस्करले सशस्त्र प्रहरीलाई कुटे, केही घाइते 

भारतीय तस्करले सशस्त्र प्रहरीलाई कुटे, केही घाइते 

तस्करीको सामान नियन्त्रणका क्रममा ढुंगामुढा प्रहार गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रसिंह ऐरले बताए।

उनले भने,‘तस्करहरू आएका थिए, नियन्त्रणमा लिने बेला ढुङ्गा प्रहार गरेका हुन्।’ राति नै भारतीय सुरक्षाकर्मी आएर आक्रमण गर्नेहरूलाई पक्राउ गर्ने जनाएको उनले बताए।

तस्करको कुटाइबाट केही प्रहरी जवान घाइते भएका छन्। उनीहरूको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको छ।

स्थानीयका अनुसार नेपाली भूमिमा भारतीय नम्बर प्लेटको मोटर साइकलमा तस्करले चिनीलगायतका सामग्री ओसार पसार गरिरहेका थिए। सशस्त्र प्रहरीले तिनीहरूलाई रोकेर नियन्त्रणको प्रयास गरेको थियो। तर ८ जनाको समूहमा रहेका तस्करको समूहले उल्टै प्रहरीलाई नै घेराबन्दीमा पारेर कुटपिट गरेको हो।

५ असोज, २०७८, ०८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।