कर्णाली योजना आयोगका सदस्य शाहीले दिए पदबाट राजीनामा

कर्णाली योजना आयोगका सदस्य शाहीले दिए पदबाट राजीनामा

राजीनामा पेस गर्नुको कारणमा शाहीले नेपालको पछिल्लो राजनीतिक अन्यौल, उतार चढाव र आफ्नै व्यवहारिक समस्या उल्लेख गरेका छन्। प्रदेशका नीति तथा योजना निर्माणका कार्यमा स्वयंसेवी रूपमा योगदान गर्न सधैँ तत्पर रहेको उनले बताएका छन्।

फेसबुकमा शाहीले लेखेका छन्, ‘नेपालको राजनीतिक छिना झपटीबाट वाक्क भएर योजना आयोगको सदस्यबाट राजीनामा दिएको हुँ, वास्तवमा सोचिरहेको छु कि हामी नेपाली जनतालाई हाम्रा आफ्नो निहित स्वार्थका लागि कहिलेसम्म बन्धक बनाउने? देशमा भस्सी कति खेलिरहनु? कसका लागि किन?’

४ असोज, २०७८, १८:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।