सेयर बजारमा आपत्, कारोबार रकम साढे ८ अर्ब

सेयर बजारमा आपत्, कारोबार रकम साढे ८ अर्ब

आज २२५ वटा कम्पनीको १७ करोड ३३ लाख ५३८ कित्ता सेयर ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रुपैयाँमा कारोबार भएको छ।

आज १३ वटै उपसुचकमा गिरावट आएको छ। सबैभन्दा धेरै गिरावट आउने उपसुचकमा फाइनान्स छ भने दोस्रोमा हाइड्रोपावर र तेस्रोमा डेभलपमेन्ट बैंक छन्। यिनीहरूमा क्रमश ८.५६ प्रतिशत, ६.८ प्रतिशत र ६.३५ प्रतिशतले गिरावट आएको छ।

यस्तै बैंकिङमा २.७ प्रतिशत, ट्रेडिङमा ४.८ प्रतिशत, होटल एण्ड टुरीजममा ४.७२ प्रतिशत र नन् लाइफ इन्सुरेन्समा ४.८४ प्रतिशतले गिरावट आएको छ।

आज मनकामना लघुवित्तको सेयर पोजेटिभ सर्किटको नजिक पुगेको छ भने १५ भन्दा धेरै कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ। 

४ असोज, २०७८, १८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।