शिक्षा

रुपन्देहीमा आजदेखि भौतिक उपस्थितिमा विद्यालय सञ्चालन 

विकाश पराजुली


फाइल तस्बिर

बुटवल : रुपन्देहीका शैक्षिक संस्थामा आजदेखि भौतिक उपस्थितिमा पठन पाठन सुरु हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोना सङ्क्रमणको दर कम भएका स्थानीय तहलाई विद्यालय सञ्चालनका लागि स्वीकृति दिएसँगै रुपन्देहीका विद्यालयमा आजदेखि भौतिक उपस्थितिमा पठन पाठन सुरु हुन लागेको हो। कोरोना महामारीका कारण वैशाखको पहिलो हप्तादेखि रुपन्देहीका विद्यालय बन्द थिए। 

१६ वटै स्थानीय तहलाई सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न अनुमति दिएको सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए। प्रशासनको अनुमतिसँगै देवदह नगरपालिकामा भदौ २७ गतेबाटै विद्यालय खुलिसकेका छन् भने तिलोत्तमामा आजदेखि विद्यालय खुल्ला हुँदैछन्। सैनामैनामा पनि विद्यालय खोल्न नगरपालिकाले विद्यालयलाई सहमति दिइसकेको छ।

बुटवल उपमहानगरमा पनि स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय सञ्चालन गर्ने सहमति भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए।

उपमहानगरको शिक्षा महाशाखाबाट अवस्थाको अनुगमन गरेर छिट्टै विद्यालय सञ्चालनमा आउने प्रवक्ता रेग्मीले बताए। सिफ्ट अनुसार पढाई सुचारु गर्ने विषयमा पनि छलफल भएको उनले बताए।

यस्तै मर्चवारी गाउँपालिका विद्यालय अघिल्लो बुधबारदेखि नै सञ्चालनमा आएका छन्। गाउँपालिकाका अध्यक्ष केशव नन्द बानियाका अनुसार सबै स्वास्थ्य मापदण्ड पालना गर्ने गरी धरै विद्यार्थी भएका विद्यालहरुलाई सिफ्ट अनुसार सञ्चालन गर्न अनुमति दिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चिकित्सा शिक्षा आगोगले जारी गर्‍यो पूर्वमनोनयनको सूचना

‘आयोगले पूर्वमनोनयनको सूचीमा सूचिकृत भएका उमेद्वारले असोज ७ गतेभित्र आफू पूर्वमनोनयनमा परेको सिटमा अध्ययन गर्न सहमत वा असहमत भए सो को जानकारी अनिवार्य रूपमा आयोगलाई....

ललितपुर महानगरका विद्यालय असोज १ गतेदेखि खुल्ने 

महानगरपालिकाले स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण रूपमा पालना गरी भौतिक उपस्थितिमा पठन पाठन गराउन विद्यालयहरूलाई नै जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।  विद्यालयमा मास्क, साबुन, पानी,....

असोज १ बाट पोखराका विद्यालय खुल्ने

विद्यालय सञ्चालन गर्दा कक्षाकोठा, फर्निचर, शौचालय, यातायातका साधन तथा विद्यालय प्राङ्गण पूर्णरूपमा निर्मलीकरण गरेर मात्र सञ्चालन गर्न पाइनेछ। पोखरा महानगर शिक्षा समितिको भदौ २८ गतेको....

विज्ञ भन्छन्– ‘अहिले बालबालिकालाई स्कुल पठाउनु त पापै हुन्छ’

स्वास्थ्य मापदण्ड अपनाएर कसरी विद्यालय सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको उनले बताइन्।  सहायक प्रजिअ घिमिरेले उकेरासँगको कुराकानीमा भनिन्– ‘आइतबार प्रमुख जिल्ला अधिकारीको संयोजकत्त्वमा काठमाडौंको....

कक्षा १२ को परीक्षा ‘होम सेन्टर’ मै लिने तयारी

 राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षा ‘होम सेन्टर’ (जुन विद्यालय पढेको हो त्यही विद्यालय) बाट लिने तयारी भएको हो। होम सेन्टरमै परीक्षा लिने....