भरतमणि पौडेलले जिते कमेडी च्याम्पियन-२

भरतमणि पौडेलले जिते कमेडी च्याम्पियन-२

काठमाडौँ : भरतमणि पौडेल कमेडी च्याम्पियन दोस्रो सिजनको विजेता भएका छन्। विक्की अग्रवाल र सन्तोष थापा उनीसँगै प्रतिस्पर्धामा थिए।

आज भएको फाइनलमा उनी विजेता बनेसंगै कार र २५ लाख पुरस्कार पाएका छन्। विक्की दोस्रो भए भने सन्तोष तेस्रो भएका थिए।

फाइनलमा विजेताहरूलाई पुरस्कृत गर्न मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य कार्यक्रमका अतिथि बनेका थिए। 


ताप्लेजुङका पौडेल रेडियो कार्यक्रम हुँदै हास्यव्यङ्ग्य सहभागी भएका थिए। पूर्व मन्त्री गोकुल बास्कोटाको क्यारिकेचरबाट दर्शकमाझ परिचय बनाएका उनी पूर्व युवराज पारस शाहको क्यारिकेचरपछि लोकप्रिय बनेका थिए।

भारतको नेपाली भाषी विक्कीले ब्यङग्यमा नयाँ प्रयोग गर्दै आएका थिए। भोटले साथ नदिँदा उनी दोस्रो भए।

सन्तोष यो प्रतियोगिताका सरप्राइज भए। प्रारम्भिक एपिसोडहरूमा त्यति जम्न नसकेका उनले बिस्तारै आफ्नो प्रस्तुतिमा सुधार गर्दै टप थ्रीसम्म पुग्न सफल भए।

२ असोज, २०७८, २३:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।