संविधान दिवसका अवसरमा ५२३ कैदीले पाए माफी 

संविधान दिवसका अवसरमा ५२३ कैदीले पाए माफी 

काठमाडौँ : संविधान दिवसका अवसरमा ५२३ कैदीको बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले हर्कबहादुर राईसमेत ५२३ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन्। 

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतले २०७७ साउन १९ गते गरेको फैसलालगायतका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको कैद मिनाहा गरी माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदी बन्दीको सजाय माफी भएको छ।

राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा राष्ट्रपतिले पूर्णबहादुर भनिने किशोर भण्डारीसमेतका आठ जनाको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय माफी गरेकी हुन्। 

२ असोज, २०७८, १९:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।