दोलखामा बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

दोलखामा बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

बा ३ ख ४७३३ नं को बस र बा ९७ प ७९३१ नं को मोटरसाइकल भीमेश्वर नगरपालिका–७ मकैबारीमा एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बस र मोटरसाइकल आपसमा ठोक्किँदा दोलखा कालिन्चोक गाउँपालिका–९ का २४ वर्षीय सन्तोष थामीको मृत्यु भएको हो। 

मोटरसाइकलमा चढेका शारदा थामी र सुजीता थामी घाइते भएका छन्। घाइते दुई जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

२ असोज, २०७८, १९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।