स्वास्थ्य

असोज ४ गतेदेखि भेरोसेलकाे खोप लगाइने

उकेरा संवाददाता


काठमाडाैंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप 'भेरोसेल'को दोस्रो मात्रा लगाउने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका एक सय ४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो।

कार्यालयले असोज ४ देखि ६ गतेसम्म खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ। कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार खोप लगाउनका लागि काठमाडौं महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा ९, बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शङ्करापुर र वागेश्वरी मनहरामा ९ खोप केन्द्र तोकिएको छ।

यस्तै काठमाडौं महानगरपालिकामा थप ७ खोप केन्द्र तोकिएको छ। नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ।

सरकारले हिजो चीनबाट ४४ लाख मात्रा भेरोसेल खोप नेपाल ल्याएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कैलालीमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

अस्पतालमा १२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ। जसमध्ये ५ जनाको आईसीयूमा उपचार भइरहेको छ भने २ जना भेन्टिलेटरमा छन्।

आजबाट एस्ट्राजेनिकाकाे दाेश्राे मात्रा खाेप लगाइँदै

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडाैं महानगरपालिकासहित कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा दोस्रो डोज खाेप कार्यक्रम....

काेभिड-१९ का कारण एक लाख ८० हजार स्वास्थ्यकर्मीकाे ज्यान गएकाे डब्ल्यूएचओकाे अनुमान 

याे मृत्यु सङ्ख्या सन् २०२० काे जनवरीदेखि सन् २०२१ काे मेबीचकाे हाे।  डब्ल्यूएचओका प्रमुख टेड्राेस एडहानाेमले भने, 'स्वास्थ्यकर्मीलाई खाेपमा उच्च प्राथमिकता दिइनुपर्छ।' उनले खाेपकाे वितरणमा....

सराङकोटका विपन्न परिवारका महिलाले स्तनबाट पीप बग्दा समेत रोग लुकाएर राखे

अति विपन्न परिवारमा रहेका दुई जना महिलाले स्तनबाट पिप बग्दा समेत रोग लुकाएर राखेको पाइएको उनले बताए।  गैर आवासीय नेपाली सङ्घको आर्थिक सहयोगमा सराङकोट र....

कर्णाली प्रदेश अस्पतालमा बिहान ७ बजेदेखि नै विशषेज्ञ सेवा

बिहानको समयमा विशेषज्ञ सेवा लिन आउने बिरामीहरूको लागि भने विशेषज्ञ सेवा शुल्क बापत प्रत्येक व्यक्तिले चार सय र ओ.पी.डी.कार्ड शुल्क २५ तिर्नु पर्ने प्रदेश अस्पतालका....