त्रिकाेणात्मक सिरिजमा आज नेपाल र अमेरिका भिड्दै

त्रिकाेणात्मक सिरिजमा आज नेपाल र अमेरिका भिड्दै

यसअघि साेही सिरिजमा नेपालले अमेरिकालाई पराजित गरिसकेकाे छ। गत साेमबार नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेकाे थियाे। यद्यपि ओमानसँग भएकाे पछिल्लाे म्याचमा पराजित भएपछि भने नेपाल ७ देश सम्मिलित लिगमा अंक तालिकामा छैटाैँ नम्बरमा रहेकाे छ। नेपाल लिग-२ अन्तर्गत ६ खेलमा ६ अंकसहित छैटाैँ नम्बरमा रहेकाे हाे। 

ओमान १२ खेलमा २० अंकसहित अंक तालिकाकाे शीर्ष स्थानमा रहेकाे छ। अमेरिका १४ खेलमा १२ अंकसहित अंक तालिकाकाे दाेश्राे स्थानमा रहेकाे छ। 

१ असोज, २०७८, १३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।