सञ्जय कोषले गर्‍यो ४ खर्ब ३६ अर्बको लगानी

सञ्जय कोषले गर्‍यो ४ खर्ब ३६ अर्बको लगानी

कोषको ६० औँ बार्षिकत्सवमा कुल लगानी ४ खर्ब ३६ अर्ब ५४ रुपैयाँ पुगेको जानकारी दिएको हो।

कोषका अनुसार हाल कोषमा  ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ। निवृत्तिभरण कोषमा १ अर्ब ५८ करोड र कोषको दायित्व ४ अर्ब ६७ करोड रुपैयाँ रहेको कोषले जनाएको छ।  

सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले सञ्चयकर्ताहरूको लागि .७ हजार ५ सयका दरले २ पटकसम्म प्रसूति खर्च उपलब्ध गराएको जनाएको छ। कोषका अनुसार सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा २ लाख रुपैयाँ प्रदान गर्दछ। 

यस्तै सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई एकमुष्ट ४० हजार रुपैयाँ काजक्रिया खर्च उपलब्ध गराउँछ। कोषले सामान्य औषधोपचारको हकमा १ लाख तथा घातक रोगको हकमा १० लाखसम्मको उपचार खर्च शोधभर्ना गर्ने गरेको जनाएको छ। 

कोषको वार्षिकोत्सव अवसरमा अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने बताए।

‘सञ्चयकर्ताहरूको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ जसले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्याउँछ,’ उनले भने,‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सृजना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ।’

उनले सञ्चयकर्ताहरूको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्ने बताए। 

३१ भदौ, २०७८, २२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।