स्वास्थ्य

काेराेना अपडेटः पछिल्लाे २४ घण्टामा ११ जनाकाे निधन

उकेरा संवाददाता


काठमाडाैंः नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना भाइरस सङ्क्रमणबाट ११ जनाकाे ज्यान गएकाे छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेकाे पछिल्लाे विवरणअनुसार हालसम्म सङ्क्रमणबाट ११ हजार २ जनाकाे निधन भएकाे छ। 

यस्तै पछिल्लाे २४ घण्टामा एक हजार एक सय ६५ जना नयाँ सङ्क्रमित थपिएका छन्। याेसँगै नेपालमा कूल सङ्क्रमितकाे सङ्ख्या ७ लाख ८१ हजार ९ सय ८९ पुगेकाे छ। जसमध्ये सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजार ७ सय ७२ रहेकाे छ। 

यस्तै पछिल्लाे २४ घण्टामा एक हजार ६ सय ८९ जना सङ्क्रमणमुक्त भएका छन्। याेसहित नेपालमा सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या ७ लाख ४५ हजार २ सय १५ पुगेकाे छ। 

मन्त्रालयका अनुसार हाल देशभरमा २ सय २० जना क्वारेन्टिनमा रहेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कैलालीमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

अस्पतालमा १२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ। जसमध्ये ५ जनाको आईसीयूमा उपचार भइरहेको छ भने २ जना भेन्टिलेटरमा छन्।

आजबाट एस्ट्राजेनिकाकाे दाेश्राे मात्रा खाेप लगाइँदै

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडाैं महानगरपालिकासहित कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा दोस्रो डोज खाेप कार्यक्रम....

काेभिड-१९ का कारण एक लाख ८० हजार स्वास्थ्यकर्मीकाे ज्यान गएकाे डब्ल्यूएचओकाे अनुमान 

याे मृत्यु सङ्ख्या सन् २०२० काे जनवरीदेखि सन् २०२१ काे मेबीचकाे हाे।  डब्ल्यूएचओका प्रमुख टेड्राेस एडहानाेमले भने, 'स्वास्थ्यकर्मीलाई खाेपमा उच्च प्राथमिकता दिइनुपर्छ।' उनले खाेपकाे वितरणमा....

सराङकोटका विपन्न परिवारका महिलाले स्तनबाट पीप बग्दा समेत रोग लुकाएर राखे

अति विपन्न परिवारमा रहेका दुई जना महिलाले स्तनबाट पिप बग्दा समेत रोग लुकाएर राखेको पाइएको उनले बताए।  गैर आवासीय नेपाली सङ्घको आर्थिक सहयोगमा सराङकोट र....

कर्णाली प्रदेश अस्पतालमा बिहान ७ बजेदेखि नै विशषेज्ञ सेवा

बिहानको समयमा विशेषज्ञ सेवा लिन आउने बिरामीहरूको लागि भने विशेषज्ञ सेवा शुल्क बापत प्रत्येक व्यक्तिले चार सय र ओ.पी.डी.कार्ड शुल्क २५ तिर्नु पर्ने प्रदेश अस्पतालका....