निर्देशिका सम्पत्ति शुद्धीकरण गर्नेहरूका लागि लक्षित : राजश्व विभाग 

निर्देशिका सम्पत्ति शुद्धीकरण गर्नेहरूका लागि लक्षित : राजश्व विभाग 

विभागका निर्देशक वोलराज आचार्यले निर्देशिका व्यवसायीलाई दुख दिने नियतले नभई सम्पत्ति शुद्धीकरण गर्न खोज्नेहरूका लागि लक्षित गरी जारी भएको बताएका हुन्। 

विभागले गत वर्ष जारी गरेको निर्देशकामा सुनचाँदी लगायतका बहुमूल्य वस्तुको कारोबार गर्ने संस्थाले सूचकको रूपमा काम गर्नुपर्ने र होलसेल कारोबार गर्ने व्यवसायीको विवरण विभागमा पठाउनुपर्ने लगायतका विषय उल्लेख गरिएको छ। 

सुनचाँदी व्यवसायी महासङ्घले निर्देशिका व्यवहारिक बनाउन विभागसँग गरेको आग्रह गरेको थियो। विभागले निर्देशिका सुनचाँदी व्यवसायीलाई आफ्ठ्यारो पार्ने गरी जारी नभएको बताएको हो। 

महासङ्घका अध्यक्ष माणिक रत्न शाक्य नेतृत्वको टोलीले निर्देशिकामा उल्लेख गरिएका मापदण्ड पुरा गर्न साना व्यवसायीहरूलाई अप्ठ्यारो परेकाले संशोधन गर्न आग्रह गरेको महासङ्घले जनाएको छ।

३१ भदौ, २०७८, १६:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।