गुणस्तरीय निर्माणको काम गर्न व्यवसायीलाई ऊर्जा मन्त्रीले गरिन आग्रह 

गुणस्तरीय निर्माणको काम गर्न व्यवसायीलाई ऊर्जा मन्त्रीले गरिन आग्रह 

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले तोकिएको समयभित्रै गुणस्तरीय निर्माणको काम सम्पन्न गर्न व्यवसायीहरूलाई आग्रह गरेकी छन्।

नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको बुधबार ललितपुरमा भएको १२ औ साधारणसभामा मन्त्री भुसालले भौतिक पूर्वाधारको विकास विभिन्न निर्माणद्वारा पुरा हुने भएकाले समय र गुणस्तरमा ध्यान दिन आग्रह गरिन्।

उनले केही नीति नियम निर्माण व्यवसायीको हितमा नरहेको बताउँदै आवश्यक संशोधनको प्रक्रिया सुरु भइसकेको उल्लेख गरिन्।

कार्यक्रममा व्यवसायीहरूले आयोजना निर्माणका क्रममा केही नीति नियमले आफूहरूलाई बाधेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। 

३० भदौ, २०७८, २१:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।