काेराेना अपडेटः सङ्क्रमित बढे, मृतक घटे

काेराेना अपडेटः सङ्क्रमित बढे, मृतक घटे

काठमाडाैंः देशभर पछिल्लाे २४ घण्टामा काेराेना भाइरसबाट सङ्क्रमण हुनेकाे सङ्ख्या बढेकाे छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेकाे पछिल्लाे विवरणअनुसार आज एक हजार ३ सय ३२ जनामा सङ्क्रमण देखिएकाे छ। 

हिजाे सङ्क्रमितकाे सङ्ख्या एक हजार एक सय ८० रहेकाे थियाे। आजसहित कूल सङ्क्रमितकाे सङ्ख्या ७ लाख ८० हजार ८ सय २४ रहेकाे छ। 

यस्तै आज मृतककाे सङ्ख्या भने ओरालाे लागेकाे छ। पछिल्लाे २४ घण्टामा ७ जनाले सङ्क्रमणका कारण ज्यान गुमाए। हिजाे ज्यान गुमाउनेकाे सङ्ख्या १९ रहेकाे थियाे। याेसहित कूल मृतक सङ्ख्या १० हजार ९ सय ९१ पुगेकाे छ। 

मन्त्रालयका अनुसार आज एक हजार २ सय २० जना सङ्क्रमणमुक्त भएका छन्। याेसहित सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या ७ लाख ४३ हजार ५ सय २६ पुगेकाे छ। 

हाल देशभर सक्रिय सङ्क्रमितकाे सङ्ख्या २६ हजार ३ सय ७ रहेकाे छ भने २ सय १८ जना आइसाेलेसनमा रहेका छन्।

३० भदौ, २०७८, १७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।