नेपालले विश्व बैङ्कबाट ५ अर्ब ८७ करोड बराबरको ऋण लिने  

नेपालले विश्व बैङ्कबाट ५ अर्ब ८७ करोड बराबरको ऋण लिने  

काठमाडौँ : नेपाल सरकार र विश्व बैंकबीच विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि करिब पाँच अर्ब ८७ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। 

सहुलियतपूर्ण ऋण सम्झौतामा अर्थ सचिव मधुकुमार मरासिनी र नेपाल, मालदिभ्स र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसले हस्ताक्षर गरे। 

अर्थ मन्त्रालयमा भएको हस्ताक्षर कार्यक्रममा अर्थ सचिव मरासिनीले बैङ्कले दिने वित्तीय सहयोगले नेपाललाई परेको वित्तीय आवश्यकताको परिपूर्ति गर्ने बताए।

उनले कोभिड–१९ महामारीपछि विद्यालय र स्वास्थ्य क्षेत्रको सुधार गर्न विश्व बैङ्कले गर्ने वित्तीय सहयोग प्रभावकारी हुने बताएका अर्थ मन्त्रालयले जनाएको छ। 

विश्व बैङ्कका राष्ट्रिय निर्देशक फेरिसले यस किसिमका सहकार्यले नेपालको शिक्षा तथा स्वास्थ्य प्रणालीलाई समावेशी र उत्थानशील बनाउन योगदान गर्ने विश्वास व्यक्त गरे।

३० भदौ, २०७८, १६:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।