अझै तीन दिन मौसम बदली रहने, धेरै ठाउँमा हल्का वर्षा

अझै तीन दिन मौसम बदली रहने, धेरै ठाउँमा हल्का वर्षा

काठमाडौँ : हाल नेपालमा भारतको छत्तिसगढ र मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेकाले मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ। 

अहिले देशभर सामान्य देखि पूर्ण बदली सहित प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राती देशभर सामान्य बदली रही  लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार दिउँसो देशभर सामान्य बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना  छ। 

राती देशभर  आंशिक देखि सामान्य बदली रही प्रदेश २ र बागमती प्रदेशका केही अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना  छ। 

महाशाखाका अनुसार शुक्रवार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना  छ। 

राती देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना  छ। 

३० भदौ, २०७८, ०७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।