ओमानसँग सकेन नेपालले, पाँच विकेटले पराजित

ओमानसँग सकेन नेपालले, पाँच विकेटले पराजित

काठमाडौँ : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको मंगलबारको खेलमा  नेपाल ओमानसँग पाँच विकेटले हारेको छ।

पहिले ब्याटिङ गरेर नेपालले १९७ रनको लक्ष्य दिएकोमा ओमानले ११३ बल बाँकी छँदै लक्ष्यमा पुग्यो।

ओमानका लागि जतिन्दर सिंहले १२ चौका र ६ छक्का प्रहार गर्दै ६२ बलमै १०७ रन बनाएका थिए।

ओमानका लागि मोहम्मद नदिमले नटआउट ३८ रन बनाए। सुरज कुमारले २० रन बनाए । 

नेपालका लागि करन केसी र कुशल मल्लले समान २ विकेट लिएका थिए। सुशन भारीले १ विकेट लिए ।

खेलमा फिल्डिङ गर्ने क्रममा सन्दीप लामिछाने घाइते भएपछि नेपालका अन्य बलर जम्न सकेनन्।

टस जितेर ब्याटिङ रोजेको नेपालले ४७.४ ओभरमा १९६ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

नेपालका लागि आशिफ शेखले ११२ बल खेल्दै ९० रन बनाएका थिए। नवौँ नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले २१ रन बनाए।

कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाए। रोहित पौडेलले २० रन बनाएका थिए। 

२९ भदौ, २०७८, २३:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।