माओवादी केन्द्रले पारित गर्‍यो विधान 

माओवादी केन्द्रले पारित गर्‍यो विधान 

काठमाडौँ : नेकपा माओवादी केन्द्रले पार्टीको विधान पारित गरेको छ।

माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले पार्टीको विधान पारित गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। 

बैठकले पार्टीको निर्वाचन आयोग गठन गर्ने निर्णय गरेको छ। विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय आयोग गठन गर्ने निर्णय भएको प्रवक्ता महराले बताए। 

यस्तै बैठकमा विभिन्न पार्टीबाट विद्रोह गरेर आएकाहरूलाई कुन तहमा समायोजन गर्ने प्रतिवेदन पेस भएको छ। उनीहरूलाई समायोजन गर्ने विषयमा एक दुई दिन भित्र अन्तिम रूप दिने निर्णय भएको महराले बताए। 

प्रदेश पदाधिकारी थपघटका विषयमा भने आज कुनै निर्णय नभएको उनले बताए।

२९ भदौ, २०७८, १९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।