लुम्बिनीमा बिना विभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मेवारी

लुम्बिनीमा बिना विभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मेवारी

बुटवल : लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीबाट विना विभागीय मन्त्री बनेका दुई जनाले मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय र पुरमती ढेंगाले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

मन्त्रालयको संख्या १० बाट बढाएर १३ पुर्याएपनि  अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। 

यस्तै लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ। भोलि बुधबारका लागि बोलाइएको प्रदेश सभाको बैठक भदौ ३१ गते बिहीबार दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ। 

प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक दुई पटक स्थगित भइसकेको छ। एमालेले सांसद विमला कुमारी खत्री र अजय शाहीलाई पदमुक्त नगर्दासम्म संसद् बैठक चल्न नदिने अडान राखेको छ। 

२९ भदौ, २०७८, १८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।