फेरियो भीम रावलको बोली : भने, 'अवसरवादी नेता पार्टीबाट अलग्गिए'

फेरियो भीम रावलको बोली : भने, 'अवसरवादी नेता पार्टीबाट अलग्गिए'

धनगढी : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अवसरवादी नेता तथा कार्यकर्ता पार्टीबाट अलग्गिएको बताएका छन्।

मंगलबार धनगढी पुगेका रावलले पार्टी कार्यालयमा कार्यकर्तासँग भने,‘अवसरवादी नेता तथा कार्यकर्ताहरू पार्टीबाट अलग्गिएका छन्,अव सङ्गठनलाई मजवुद बनाएर चुनाव हाम्रो पक्षमा पारौँ।’

उनले एकताको पक्षमा साथ दिन आग्रह गरे। यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनु पर्ने रावलको भनाई छ। उनले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताए। रावलले पार्टी संरचनालाई मजबुत बनाउन व्यक्तिगत स्वार्थ त्याग्न आग्रह पनि गरे। 

‘व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण हुन्छ,एमालेलाई जीवन्त राख्न मैले के कस्तो त्याग गर्नुपर्छ सबै गर्छु,रावलले भने,‘पार्टीलाई बलियो बनाउन तपाइहरू पनि भूमिका खेल्नुहोस्।’ 

एमाले सुदूरपश्चिम इन्चार्जमा रावलको दाबी रहेको थियो। यद्यपि लेखराज भट्टले इन्चार्जको जिम्मेवारी पाइसकेका छन्। छलफलमा रावलले माओवादी केन्द्र छोडेर आएका नेताहरूलाई पनि उचित जिम्मेवारी दिइएको बताए।

२९ भदौ, २०७८, १७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।