इजरायलमा रोजगारी : अङ्ग्रेजी भाषा परीक्षामा २ हजार २९ उत्तीर्ण  

इजरायलमा रोजगारी : अङ्ग्रेजी भाषा परीक्षामा २ हजार २९ उत्तीर्ण  

काठमाडौँ : सरकारले इजरायल केयरगिभर सम्बन्धी रोजगारका लागि लिएको अङ्ग्रेजी भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

परीक्षामा २ हजार ३९ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। उनीहरूको असोज १,२ र ३ गते व्यावसायिक तथा  विकास तालिम प्रतिष्ठान भैसेपाटीमा उचाइ र तौल नापिने वैदेशिक रोजगार विभागले जनाएको छ।

उचाइ र तौल सम्बन्धी मापदण्ड पुरा नहुने परीक्षार्थीलाई अन्तर्वार्तामा सहभागी नगराइने विभागले जनाएको छ। उनीहरूको अन्तर्वार्ता असोज ४ देखि ९ गतेसम्म हुनेछ।

विभागले हिजो लिएको अङ्ग्रेजी भाषा परीक्षाको नतिजा आज नै प्रकाशित गरेको हो।

काठमाडौँ उपत्यकाका १६ वटा परीक्षा केन्द्र मार्फत लिइएको अङ्ग्रेजी भाषाको लिखित परीक्षामा ६ हजार ३ सय ९७ जना सहभागी भएका थिए।

२९ भदौ, २०७८, १७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।