उकेरा कला

मेट गाला २०२१ : मास्कबाटै सेलिब्रेटिको चुम्बनदेखि होस उडाउने फेशन

उकेरा संवाददाता


काठमाडाैंः कोरोना भाइरसका कारण अघिल्लो वर्ष चर्चित फेशन सो 'मेट गाला' टरेको थियो। दुई वर्षपछि भएको सोमा भने हलिउड सेलिब्रेटीले धोको पुग्ने गरेर रमाए।

अमेरिकाको न्युयोर्कमा आयोजित फेशन सोमा कलाकार, फेशन डिजाइनरहरूको धमाकेदार उपस्थिती थियो। सोमा किम कर्दाशियनदेखि जेनिफर लोपेज, मेगन फक्सलगायतका सेलिब्रेटी पुगेका थिए।

अरू बेलाझैँ यो पटक पनि उनीहरूको 'ड्रामेटिक कस्ट्युम'ले दुनियाँभरको ध्यान तान्न सफल भयो।

होस उडाउने ड्रेस

फेशन सो या अन्य कार्यक्रममा सेलिब्रेटीले सुन्दर ड्रेस लगाएर कार्यक्रमस्थल पुग्नु कुनै अनौठो कुरा त हाेइन। तर मेट गाला फेशन सोमा भने निकै अनौठो र होस उडाउने ड्रेस लगाएर सेलिब्रेटीहरू पुगेका थिए।

हलिउडकी चर्चित अभिनेत्री मेगन फक्सले रातो पहिरनले सबैको मन जितिन्। 'हाई थाई स्लीट गाउन'को साथमा उनले रातो झुम्का, रातै जुत्ता लगाएकी थिइन्। उनी यो ड्रेसमा सबैको नजर लाग्ने बनेकी थिइन्।

गायिका तथा अभिनेत्री रिहाना भने पूरै कालो पहिरनमा आएकी थिइन्। उनले लगाएकाे 'वे हेड टु टो' कालो पहिरन निकै स्टाइलिस देखिएको थियो। साथमा उनले हिराको हार पनि लगाएकी थिइन्। उनी चर्चित हिप हप गायक तथा र्‍यापर एएसपी रकीको साथमा रेड कार्पेटमा उपस्थित भएकी थिइन्। रकी पनि मल्टीकलर 'कोटनु' पोसाकमाा जर्बजस्त देखिएका थिए।

तर सबैलाई चकित पार्दै निकै अनौठो भेष बनाएर फेशन सोमा पुगिन्, अभिनेत्री, फेसन डिजाइनर तथा व्यवसायी किम कर्दाशियन। उनी 'ममी'ले जस्तै पूरै अनुहार माक्समा बेरेर आएकी थिइन्। उनलाई देख्नेहरु छायाँ हो कि, वास्तविकता पत्ता लगाउन नसकेर झुक्किरहेका थिए।

यता, गायक तथा र्‍यापर लिल नास पहेँलपुर बनेर आएका थिए। 'रोयल लुक्स'मा थिए उनी। उनले पूरै सुनको 'सुपरहिरो कस्ट्युम' लगाएका थिए। उनको आउटफिटले धेरैको ध्यान तानेको थियो।

मास्क लगाएरै चुम्बन गरे जेनिफर र बेनले

फेशन सो मा हलिउड अभिनेत्री जेनिफर लोपेज राल्फ लाउरेनले तयार पारेको ड्रेसमा थिइन्। उनले 'डीप नेक गाउन' लगाएकी थिइन्, साथमा ड्रेससँगै मिल्ने खालको मास्क पनि। जेनिफरका ब्वाइफ्रेण्ड तथा फिल्म निर्माता बेन आफ्लेक भने फर्मल ड्रेस सुट लगाएर पुगेका थिए। बेनले पनि कालो रंगको मास्क लगाएका थिए। दुवै कार्यक्रममा साथै पुगे।

रातो कार्पेटमा दुवैले क्यामराका अगाडि पोज दिए। सबैको नजर उनीहरू तिरै थियो। यही मौकामा चौका हान्दै बेनले जेनिफर प्रतिको आफ्नो प्रेम दुनियाँलाई देखाउन कुनै कसर बाँकी राखेनन्। यी दुवैले मास्क लगाएरै क्यामराको अघि चुम्बन गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

रूप फेरिरहने प्रमाेद: कहिले तेस्रो लिङ्गी बने, कहिले चलचित्रको सेटमै बेहोस भए

चरित्रमा प्रवेश गर्न र अभिनय गरुञ्जेल उनी हिँड्दा पनि केटीको चप्पल लगाएर हिँड्थे। हातमा मेहेन्दी, कानमा झुम्का टुट्दैनथ्यो। मण्डलाका उनका केटा साथीहरू उनलाई ‘केटी भएको....

गायक प्रमोद खरेलले ल्याए 'आज मेरो दिल जलेर' बोलको गीत

गीत रवि प्याकुरेल अञ्जानले लेखेका हुन्। गीतमा राज कुमारको संगीत सञ्योजन रहेको छ। गीतसँगै म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। प्रेम पीडालाई प्रस्तुत गरिएको गीतको....

नायिका प्रियङ्का बनिन् छोरी आयंकाकी आमा 

उनका श्रीमान् नायक आयुशमान देशराज जोशी छोरीको बुबा बनेका छन्। ‘हाम्री सानी परी, संसारमा स्वागत छ। हाम्रो जिन्दगीमा स्वागत छ,आयांका कार्की जोशी,’ प्रियङ्काले सामाजिक सञ्जालमा....

क्रियटिभ काम हैन लोक दोहोरी

माथि उल्लेख गरिएको रेकर्डेड दोहोरी गीतलाई युट्युवमा झण्डै ६३ लाख पटक हेरिएको छ। अब अर्को उदाहरण हेरौः केटीः सँगै छोरो लैजान्छु हेर कति बस्नु....

भरतमणि पौडेलले जिते कमेडी च्याम्पियन-२

आज भएको फाइनलमा उनी विजेता बनेसंगै कार र २५ लाख पुरस्कार पाएका छन्। विक्की दोस्रो भए भने सन्तोष तेस्रो भएका थिए। फाइनलमा विजेताहरूलाई....