अमेरिका विरुद्ध नेपालको सहज जीत

अमेरिका विरुद्ध नेपालको सहज जीत

नेपालले २३१ को लक्ष्य पच्छ्याउँदै ५ विकेटको जित निकालेको छ।नेपालले ६ बल अगावै ५ विकेट गुमाएर आफ्नो लक्ष्य भेट्टायो।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले ५० ओभरमा २ सय ३० रन बनाएको थियो।

नेपालका लागि पहिलो विकेटका लागि ओपनर आशिफ शेख र कुशल भुर्तेलले ६६ रनको साझेदारी गरे।

दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्लसँग २७ रनको साझेदारी गर्दै कुशलले ८४ रन जोडे। उनले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए।

कप्तान ज्ञानेन्द्र मल्ल १७ रन बनाए। रोहितले ६२ रनको अविजित अर्धशतकीय इनिङ खेले।

२८ भदौ, २०७८, ००:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।