अमेरिकाले दियाे नेपाललाई दुई सय ३१ रनकाे लक्ष्य

अमेरिकाले दियाे नेपाललाई दुई सय ३१ रनकाे लक्ष्य
तस्बिरः क्रिकेट एसाेसिएसन अफ नेपाल

अमेरिकाका लागि माेनांक पटेलले शतक प्रहार गर्दै टीमलाई सम्मानजनक स्काेरमा पुर्याए। उनले एक सय १४ बलमा एक सय रन प्रहार गरेका हुन्। निसर्ग पटेलले २१, करिमा गोरेले १६, संजय कृष्णमुर्थी, अभिषेक पराद्कर र नोस्तुश केन्जिगेले १३, जसकरण मल्होत्राले ११, र कप्तान सौरभ नेत्रभाल्करले ६ रनकाे याेगदान दिए।  

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने, बिक्रम सोब र सुशन भारीले २ विकेट लिए भने कुशल मल्लले एक विकेट आफ्नाे नाममा पार्न सफल भए।

२८ भदौ, २०७८, २०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।