प्रभावकारी भएन प्रधानमन्त्री कृषि परियोजना  

प्रभावकारी भएन प्रधानमन्त्री कृषि परियोजना  

संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि सचिव कृष्ण प्रसाद आचार्यले पकेट १५ हजार, ब्लक एक हजार ५ सय, जोन ३ सय र सुपरजोन २१ गरी १६ हजार ८२१ समूहमार्फत कृषि उत्पादनमा सरकारको लगानी रहेको जानकारी दिएका हुन्। 

तर, सांसदहरूले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी हुन नसकेको बताए। उनीहरूले लगानीअनुसार प्रतिफल नआएकाले परियोजनाका विषयमा छलफल हुनुपर्ने बताए। 

परियोजना २०७३ सालदेखि सुरु गरिए पनि यसको प्रभावकारीताका विषयमा पटक पटक प्रश्न उठ्ने गरेको उनीहरूको भनाई छ। समितिका सदस्य शक्ति बस्नेतले परियोजना प्रमुखलाई कामको लक्ष्य र परिणामप्रति जबाफदेही नबनाएसम्म कृषि क्षेत्रबाट उत्पादनमा परिणाम नदेखिने बताए। 

बैठकमा कृषि सचिव आचार्यले परियोजनासँग सम्बन्धी गुनासोलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताए। उनले कृषिजन्य मलको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढिरहेकाले निकासा गरेको बजेट अनुसार आवश्यक मल खरिद गर्न नसकिने अवस्था रहेको बताए।

एक वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा सात सात दिनमा मलको मूल्य बढेको उनको भनाई थियो। 

२८ भदौ, २०७८, १७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।