त्रिकाेणात्मक सिरिज आजबाटः नेपाल र अमेरिकाबीचकाे खेल केही बेरमा

त्रिकाेणात्मक सिरिज आजबाटः नेपाल र अमेरिकाबीचकाे खेल केही बेरमा

काठमाडाैंः नेपाल, ओमान र अमेरिकाबीचकाे त्रिकाेणात्मक सिरिज आजबाट शुरु हुँदैछ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतकाे एकदिवसीय सिरिजकाे पहिलाे खेलमा आज नेपाल र अमेरिका भिड्दैछन्। 

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको खेल अपराह्न ४:१५ बाट शुरु हुनेछ। यसअघि नेपालले लिग–२ अन्तर्गतकै खेलमा अमेरिकामाथि घरेलु मैदानमा दुई खेलमा जीत हासिल गरेकाे थियाे। 

यस्तै ओमानमै  पपुवा न्युगिनीविरुद्धकाे दुवै खेलमा नेपालले जीत हासिल गरेकाे हुँदा आजकाे खेलमा नेपाल जीत निकाल्ने आत्मविश्वाससाथ प्रस्तुत हुनेछ।

आजकाे खेलमा अमेरिका सौरभ नेत्रवालकारकाे कप्तानीमा उत्रनेछ भने नेपाल ज्ञानेन्द्र मल्लकाे कप्तानीमा उत्रनेछ। 

२८ भदौ, २०७८, १३:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।