उकेरा अर्थ

सात प्रतिशतको आर्थिक वृद्धि सम्भव छ: अर्थमन्त्री

उकेरा संवाददाता


काठमाडाैंः अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखिएको बताएका छन्। कोरोनाको असर क्रमशः कम हुँदै गएकाले आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षासहित सात प्रतिशत आर्थिक वृद्धि सम्भव हुने उनले बताए। 

 

पूर्वअर्थमन्त्री विष्णु पाैडेलले जारी गरेकाे अध्यादेश बजेटलाई प्रतिस्थापन गर्दै शुक्रबार नयाँ बजेट पेश गरेका शर्माले आज आयोजित पत्रकार सम्मेलनमा भने, “सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सहजै प्राप्त हुन सक्छ। त्यसका लागि क्रमशः वातावरण बन्दै गएको छ।”

कोरोनाको असर कम हुँदै गएको, आर्थिक क्रियाकलाप बढ्दै गएको, पूँजीगत खर्चमा वृद्धि गर्ने स्पष्ट कार्ययोजनाको तयार गरिएको तथा अन्य नीतिगत सुधार गरिएकाले अपेक्षित लक्ष्य पूरा हुने उनले बताए। “पूरा हुने लक्ष्य मात्रै निर्धारण गरेका छौँ। केहीलाई तत्काल सरकारको यो घोषणा विश्वास नलाग्न पनि सक्छ तर हामी यसलाई पूर्णता नै दिन्छौँ”, अर्थमन्त्री शर्माले भने।

उनले विकास निर्माणका गतिविधिलाई तीव्र बनाउने, करको दायरालाई विस्तार गर्ने, कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्नका लागि छुट दिनेजस्ता व्यवस्थाले अर्थतन्त्रले थप गति समात्ने उल्लेख गरे। अर्थमन्त्री शर्माले गरिबी न्यूनीकरण लागि ठोस योजनासहितका कार्यक्रम ल्याउन लागिपरेको र छिट्टै सार्वजनिक गर्नेसमेत जानकारी दिए।

चुलिँदो व्यापार घाटा कम गर्नका लागि आत्मनिर्भर अर्थतन्त्रमा जोड दिएको र आयात प्रतिस्थापन गर्ने विषयलाई प्राथमकितामा राखिएको उनकाे भनाइ छ। अध्यादेशबाट ल्याइएको बजेटका प्रमुख प्रावधानलाई कायम राखी केही संशोधन गरिएको र छोटो समयमा काम गर्नुपरे पनि जनताको अपेक्षालाई सम्बोधन गर्ने प्रयास गरिएको शर्माले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सन् २०२२ मा ४.१ प्रतिशतकाे आर्थिक वृद्धि हुने एडीबीकाे प्रक्षेपण

पर्याप्त वर्षा भएकाले आगामी वर्ष धान उत्पादनमा बढोत्तरी हुने, औद्योगिक उत्पादन पनि बढ्ने अपेक्षा परिदृश्यमा गरिएको छ भने निर्यातमा भएको सुधार र राष्ट्रिय खोप अभियानले....

नेप्सेकाे 'बाउन्स ब्याक', तर बढेन कारोबार रकम

मङ्गलबार पनि नेप्से दाेहाेराे अङ्कले वृद्धि भएकाे थियाे। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १०४.८८ अङ्कले उकालो लागेर नेप्से परिसूचक दुई हजार ८१६.९५ मा पुगेको छ।....

एकै दिन ९ सय रुपैयाँले बढ्याे सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य ९० हजार एक सय रुपैयाँ ताेकेकाे छ। छापावाल सुन मङ्गलबार ८९ हजार २ सयमा कारोबार भएको थियो। त्यस्तै....

धिताेपत्र बाेर्डका अध्यक्ष ढुङ्गानामाथिकाे अनुसन्धान प्रतिवेदन जाँचबुझ समितिले बुझायाे

ढुङ्गानाले बाेर्ड अध्यक्षकाे पदमा आसिन रहेकाे बेला पदीय आचरणविपरीत छाेरी रेबिका ढुङ्गानाकाे नाममा शेयर खरीद गरेकाे भन्दै समाचार प्रकाशन भएपछि उनीमाथि अनुसन्धान थालिएकाे थियाे। अध्यक्ष ढुङ्गानाले धितोपत्रको....

साहस ऊर्जाको ७० लाख कित्ता आईपीओ बुधबार आउँदै

निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार....