नेपालविरुद्ध बङ्गलादेशः गाेलरहित बराबरीमा टुंगियाे खेल

नेपालविरुद्ध बङ्गलादेशः गाेलरहित बराबरीमा टुंगियाे खेल

काठमाडाैंः नेपाल र बङ्गलादेशका महिला टाेलीबीचकाे दाेश्राे मैत्रिपूर्ण फुटबल खेल गाेलरहित बराबरीमा टुंगिएकाे छ। केहीबेरअघि सम्पन्न खेलमा दुवै टाेली गाेलरहित भएका हुन्। 

यसअघि भएकाे पहिलाे मैत्रिपूर्ण खेलमा नेपाल २-१ गाेलअन्तरले विजयी भएकाे थियाे। उज्वेकिस्तानमा हुन गइरहेकाे एएफसी महिला एसियन कप-२०२२ काे छनोटको तयारीस्वरुप नेपाल र बङ्गलादेशबीच मैत्रिपूर्ण खेल भएकाे हाे। नेपाली महिला टाेली भाेलि नै उज्वेकिस्तान जाने तालिका रहेकाे छ।

आजकाे खेलमा नेपालले ५५ प्रतिशत बल पाेजेसन कायम गरेकाे थियाे भने ४ वटा प्रहार गाेल पाेस्टमा गरेकाे थियाे। यस्तै नेपालले गरेकाे ४ वटै प्रहार गाेल पाेस्टभन्दा बाहिर पुगेकाे थियाे। 

आज नेपाल र बङ्गलादेश दुवै टाेलीले समान १-१ पहेँलाे कार्ड प्राप्त गरेका थिए।  

२७ भदौ, २०७८, १८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।