भरतमणिको माहौल बिगार्दै योगेश

भरतमणिको माहौल बिगार्दै योगेश

काठमाडौँ : कमेडी च्याम्पियन सिजन २ का तीन प्रतिष्पर्धीमध्ये भरतमणि पौडेललाई राजनीतिक ब्यालेन्स मिलाउन हम्मे हम्मे छ।

पूर्व युवराज पारसको क्यारिकेचर गर्दा राजावादी रिसाएर भोट नआउँला भनेर फकाउन कहिले मञ्चमा हल्का राजतन्त्रको सपोर्टका पञ्च लाइन दिन्छन्। कहिले एकपक्षीय नेताको प्रचारबाट पर्न सक्ने भोट घाटा कम गर्न अर्को दलको नेता भेट्छन्।

प्रतियोगिता अन्तिम तिर पुगेको छ। अन्तिमतिर पुग्दा उनको प्रवक्ता झैँ भोट माग्न खटिएका छन् ताप्लेजुङका एमाले सांसद योगेश भट्टराई। सामाजिक सञ्जालमा भरतमणिलाई भोट भन्दै स्टाटस राखिरहेका छन् उनले।

उनले असल मनले नै भरतलाई समर्थन गरेका होलान्। तर उनले भरतमणिको भोट माग्दै राखेको स्टाटसमा आएको कमेन्ट हेर्ने हो भने यसले भरतमणिको माहौल थप बिग्रने देखाउँछ।

 उनीसँगै विक्की अग्रवाल र सन्तोष थापा पनि उत्कृष्ट तीनमा परेका छन्।

 

 

२५ भदौ, २०७८, २२:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।