नेपालले दियाे २३४ रनको लक्ष्य, पपुवा न्युगिनी जवाफी ब्याटिङमा

नेपालले दियाे २३४ रनको लक्ष्य, पपुवा न्युगिनी जवाफी ब्याटिङमा

काठमाडाैंः नेपालले पपुवा न्युगिनीलाई २३४ रनकाे लक्ष्य दिएकाे छ। दोस्रो एकदिवसीय खेलमा नेपालले ४९ ओभर ३ बल खेल्दै २३३ रन बनाएको हाे।

नेपालका लागि रोहितकुमार पौडेलले ८६ रनकाे पारी खेले भने करण केसीले ४२ रनकाे पारी खेले। राेहितले १२३ बल खेल्दै तीन छक्का र दुई चौका प्रहार गरेका थिए भने करणले २६ बल खेल्दै चार छक्का र दुई चौका प्रहार गरेका थिए।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४५ रन बनाए भने विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन बनाए।

यता बलिङतर्फ पपुवा न्युगिनीका चाड सोपरले तीन, कबुआ मोरिया र नरमन भानुआले दुई/दुई तथा चार्ल्स अमिनीले एक विकेट लिए।

यसअघि भएकाे पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको थियो। हाल खेलमा दाेश्राे इनिङ्ग्स शुरु भइसकेकाे छ। 

८ ओभरकाे खेल सकिँदा दुई विकेटकाे क्षतिमा पपुवा न्युगिनीले ३२ रन बनाएकाे छ। 

२५ भदौ, २०७८, २०:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।