एंकर न्युज

काठमाडौं : बर्दियाका गजेन्द्र भण्डारी रोजगारीको लागि साउदी अरब गएको साढे ३ वर्ष भयो। कोरोना महामारीका कारण पाँच महिनाअघि नै रोजगारी गुमाएका भण्डारी स्वेदेश फर्कन भने सकेका छैनन्। 

उनी दुई वर्षका लागि मात्र साउदी गएका थिए। तर कोरोना महामारीका कारण एक वर्ष बसाइ लम्बियो। कम्पनीले बहिर्गमन भिसा नदिँदा पाँच महिनादेखि कामविहीन भएर उतै अलपत्र परेका छन्। 

आफू काम गर्ने कम्पनी सेद इन्टरनेसनलले भण्डारीलाई थप एक वर्षको लागि भनेर राखे पनि विगत पाँच महिनादेखि भने बेरोजगार भए। उनलाई घर फर्कनको लागि आफूले काम गर्ने कम्पनीले न त आकामा बनाइदिएको छ न त बहिर्गमन भिसा नै। 

रोजगारीका लागि गएका कामदारको करार अवधि सकिएपछि रोजगारदाता कम्पनीले नै आवश्यक कागजात बनाएर स्वदेश फर्काइदिनुपर्ने हुन्छ। तर उक्त कम्पनीले उनको कागजात नबनाइदिँदा उनी अलपत्र परेका हुन्। 

‘मेरो मात्र हैन, यहाँका धेरै नेपाली श्रमिकको समस्या नै त्यही हो,’ उनले भने, ‘हामी ५ महिनादेखि बेरोजगार भएर क्याम्पमा बसेका छौं। हाम्रो आकामा रिन्यु गरेको छैन। कम्पनीले बनाइदिनुपर्ने बहिगनमन भिसा पनि दिएको छैन।’ 

यसरी घर फर्कन नसक्नेमा भण्डारी मात्रै होइन, त्यही कम्पनीमा काम गर्ने अन्य ४० जना यसरी नै अलपत्र छन्। 

‘कम्पनीको क्याम्पमा नै बसेका छौं। अहिले म बसेको ठाउँमा म बाहेक अन्य २ जना नेपाली छन्। बाँकी सबै अन्य क्याम्पमा छन्,’ उनले भने, ‘कम्पनीले कामबाट निकाल्यो तर बस्न भने दिएको छ।’

क्याम्पमा बस्नको लागि व्यवस्था भए पनि खानको लागि भने आफैंले व्यवस्था मिलाइरहेको उनी बताउँछन्। 

‘कमन लेबर’को रूपमा साउदी पुगेको र कम्पनीले नै भनेको स्थानमा बस्नुपर्ने भएकोले चाहेर पनि आफूलाई मन लागेको स्थानमा गएर काम गर्न नपाएको उनी बताउँछन्। 

भण्डारी यसअघि पनि वैदेशिक रोजगारीको लागि कतार, दुबई गएका थिए। तर कम्पनीले नै यसरी स्वदेश फर्कन नदिएको चाहिँ यो पहिलो पटक हो। 

ती देशमा २/२ वर्ष बसेका उनी साउदी पनि २ वर्ष नै बस्ने गरी श्रम स्वीकृति लिएर गएका थिए। तर साउदीमा भने कम्पनीको कारण लामो समय बस्नुप¥यो। 

‘म्यानपावरमा बोलिदिने मान्छे भयो भने हामी सजिलै नेपाल फर्कन सक्छौं तर कसले बोलिदिने। म्यानपावरले दूतावास र कम्पनीसँग कुरा ग¥यो भने त हामी एक दिनमा घर फर्कन सक्छौ नि,’ उनी गुनासो पोख्दै भन्छन्, ‘तर हाम्रो लागि बोलिदिने कोही छ र?’ 

यस्तै समस्यामा छन् रोल्पाका कर्णबहादुर गिरी। उनको समस्या पनि गजेन्द्र भण्डारीको भन्दा कम छैन। ‘घर आउने भनेर बसेको कम्पनीले आज पठाउँछु भन्छ, भोलि पठाउँछु भन्छ तर पठाएको छैन। ५ महिनादेखि तलब पनि दिएको छैन। साथीभाइहरू सँग ऋण लिएर खाँदै छौ। कम्पनीले पूरै हिसाब समेत दिएको छैन,’ उनले दुखेसो पोखे। 

गिरी त्यही कम्पनीमा ५ वर्षदेखि काम गर्दै छन्। तर स्वदेश फर्कनको लागि कम्पनीसँग कुरा गर्दा सधैँ अलमलमा मात्रै पारेको उनी बताउँछन्। 

‘कम्पनीले बोनस बापत दिने पैसा पनि दिन बाँकी छ,’ उनी भन्छन्, ‘कम्पनीले दिने भनेको पैसाको हिसाब त देखाएको छ तर पैसा देख्न पाइएको छैन।’ 

आफूहरूलाई कम्पनीले विना कारण स्वदेश फर्कनबाट रोकेपछि दूतावासलाई नै पनि गुहारेको तर दूतावासले पनि आश्वासन मात्रै दिएको उनको गुनासो छ। 

‘हामी कम्पनीले स्वदेश फर्कनबाट रोकेको ४० जनाको नाम लिएर दूतावासमा पनि पुग्यौं’ उनी भन्छन्, ‘दूतावासले कम्पनीसँग कुरा गरेर १ महिनाभित्र घर फर्कने व्यवस्था मिलाउँछु भनेको पनि २ महिना भयो अहिलेसम्म स्वदेश फर्काएको छैन। 

विभाग भन्छ- दूतावासले नै हेर्ने हो
वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कमल ज्ञवाली भने दूतावासले नहेरे मात्रै आफूहरूले हेर्ने बताउँछन्। 

‘अहिलेसम्म विभागमा गुनासो आएको छैन। सम्बन्धित देशले बहिर्गमन भिसा नदिएमा त्यहाँको दूतावासले हेर्ने हो। विभागमा उजुरी आएमा पनि परराष्ट्र मन्त्रालयमार्फत दूतावासलाई नै छानबिन गर्न लगाउने हो,’ निर्देशक ज्ञवालीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

विद्यालयको सटरमा वडा अध्यक्षको छोराको रक्सी पसल

विद्यालयले व्यापारिक प्रयोजनका लागि परिसरमै ६ वटा सटर बनाएर भाडामा दिएको छ। त्यही सटरहरूमध्ये एक सटर हो ‘जे एस लिक्वेयर्स्’ को। अनि त्यसका सञ्चालक हुन्....

पार्टी फुट्ने डरले मन्त्री छान्न सकेन जसपाले, राजकिशोरले नयाँ दल खोल्ने भयमा यादव 

उनले भनेको अध्यादेश हो राजनीतिक दल सम्बन्धी, जसको आधारमा जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बन्यो। त्यसकै आधारमा एमाले फुटाएर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी....

नेपाली कांग्रेसको महाधिवेशन : आफ्नै गुटका आकांक्षीका कारण सकसमा रामचन्द्र पौडेल

अघिल्लो महाधिवेशनका घाइते पौडेल सबैलाई मनाएर एक पटक पुनः नेतृत्वका लागि मैदानमा जान चाहन्छन्। तर, आफ्नो समूह भित्रका आकांक्षी व्यवस्थापन गर्न नसक्दा अन्तिममा उनले मैदान....

चोर पुजिने चाड ‘चथाः’

कला–संस्कृतिमा वैभवशाली नेवार समुदायले महिनामा २/३ वटा पर्व मनाएकै हुन्छ। त्यसमध्ये चथाः अलि विशेष छ। चथाः दसैँसँग जोडिएर आउँछ। नेवारहरूले चथाः जति राम्रोसँग मनायो, दसैँ....

‘सबैले आमाको भार लाग्छ भन्छन्, बाको चैँ भार लाग्दैन र !’

सामाजिक संरचनाले नै बाहरूलाई आमाको तुलनामा अलि बढी नै कठोर देखाउँछ। सामाजिक संरचनाले बोकाउने दायित्व र जिम्मेवारीले माया कता कता थिचिएझैँ। हराएझैँ। केही डर, केही....