मेस्सीको ह्याट्रिकले अर्जेन्टिना विजयी

मेस्सीको ह्याट्रिकले अर्जेन्टिना विजयी

एजेन्सी : अर्जेन्टिनी स्टार लियोनल मेस्सीले विश्वकप छनोट अन्तर्गत बोलिभियासँगको खेलमा ह्याट्रिक गरेका छन्। मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाले बोलिभियालाई ३–० गोलले पराजित गरेको छ।

पहिलो हाफमा एक गोल गरेका अर्जेन्टिनी कप्तान मेस्सीले दोस्रो हाफमा दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। दक्षिण अमेरिकी विश्वकप छनोट समूहमा अर्जेन्टिना दोस्रो स्थानमा छ।

दक्षिण अमेरिकी छनोटमा पहिलो स्थानमा रहेको ब्राजिललाई अर्जेन्टिनाले पछ्याइरहेको छ।

२५ भदौ, २०७८, १०:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।