स्वास्थ्य

थप एक करोड खोप ल्याइँदै, ४४ लाख मात्रा यसै साता आउने

उपेन्द्र खड्का 


काठमाडौंः कोरोना भाइरसविरुद्धको एक करोड मात्रा (डोज) खोप ल्याउने तयारी शुरु गरिएको छ। कोभ्याक्स सुविधा तथा खरिदमार्फत् नेपाल सरकारले एक करोड मात्रा खोप ल्याउने तयारी गरेको हो। 

स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले कोभ्याक्स सुविधामार्फत् मोर्डनाको ४० लाख मात्रा खोप मङ्सिरसम्ममा आउने जानकारी दिए।

यस्तै चीनसँग खरिद गरिएको ४४ लाख मात्रा तथा चीन सरकारले अनुदानमा दिने भनेको १६ लाख मात्रा खोप पनि ल्याउने तयारी भइरहेको छ। ढुङ्गानाले भने, ‘चीन सरकारको अनुदान तथा चीनबाट खरिद गरिने १६ लाख र ४४ लाख मात्रा खोप भेरोसेल हो। अर्को ४० लाखचाहिँ मोर्डना हो।’

जसमध्ये खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप ल्याउने प्रक्रिया पूरा भइसकेकाले एक साताभित्रै ल्याउने योजना रहेको उनले बताए। यस्तै कोभ्याक्स सुविधामार्फत् आउने ४० लाख मात्रा मोर्डनाको खोप पनि बुकिङ भैसकेकाले २÷३ महिनामा आउने उनको दाबी छ। 

एक करोड ३३ लाख खोप आयो

आपूर्ति व्यवस्थापन शाखाको तथ्यांकअनुसार नेपालमा हालसम्म एक करोड ३३ लाख ५९ हजार एक सय १० मात्रा कोरोना भाइरसविरुद्धको खोप आइसकेको छ। जसमध्ये ३१ लाख ३० हजार मात्रा अनुदानमा आएको हो। 

भारतबाट ‘कोभिशिल्ड’, चीन र तिब्बत(टीएआर)बाट ‘भेरोसेल’, भुटान र बेलायतबाट ‘एस्ट्राजेनिका’ खोप अनुदानमा प्राप्त भएको हो। यस्तै संयुक्त राज्य अमेरिकाबाट ‘जान्सेन’ अनुदानमा प्राप्त भएको छ।

त्यसैगरी सरकारले हालसम्म खरिद गरेको ६६ लाख मात्रा कोभिशिल्ड र भेरोसेल खोप नेपाल आइसकेको छ। खरिद गरेकोमध्ये १० लाख मात्रा खोप कोभिशिल्ड हो भने बाँकी भेरोसेल हो।

कोभ्याक्स सुविधामार्फत् ३४ लाख ९७ हजार ९ सय १० मात्रा खोप नेपाल आएको छ। जसमा कोभिशिल्ड ३ लाख ४८ हजार, जान्सेन (जोन्सोन एण्ड जोन्सोन) १५ लाख ३४ हजार ८ सय ५० र एस्ट्राजेनिका १६ लाख १५ हजार ६० रहेको छ। 

नेपालमा गत माघ १४ गतेबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा एक करोड ७ लाख ३९ हजार ८ सय ६४ जनाले कोरोना भाइस विरुद्धको खोप लगाइसकेका छन्। 

जसमध्ये पहिलो मात्रा लगाउनेको संख्या ५६ लाख ८३ हजार ६१ छ भने पूर्ण मात्रा लगाउनेको संख्या ५० लाख ५६ हजार ८ सय ३ रहेको छ। 

चैत सम्ममा सबैलाई खोप

उकेरालाई प्राप्त तथ्यांकअनुसार असोज मसान्तसम्ममा ३३ प्रतिशत र चैत भित्रमा सबै लक्षित समूहलाई खोप लगाइसक्ने स्वास्थ्य मन्त्रालयको योजना रहेको छ। 

मन्त्रालयले १२ वर्षभन्दा माथिका बालबालिकालाई लगाउन मिल्ने खोप समेत प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको जनाएको छ। 

मन्त्रालयले पहिलो प्राथमिकतामा रहेका दुई करोड १५ लाख (७२ प्रतिशत) जनसंख्यालाई खोप लगाउने लक्ष्य राखेको छ। १२ देखि १८ वर्ष उमेर समूहका ४९ लाख जनसंख्यासमेत गरी दुई करोड ६५ लाख जनसंख्यालाई खोप लगाउने सरकारी योजना छ।

नेपालमा सबै नागरिकले दुई मात्रा खोप लगाउँदा ५ करोड ३५ लाख मात्रा खोप लाग्ने देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तर, एक मात्रा मात्रै लगाए पुग्ने खोप उपलब्ध भएको अवस्थामा यो मात्रा घट्न सक्ने प्रक्षेपण छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

काेराेना अपडेटः एक हजार ३६ जनामा सङ्क्रमण, ५ काे निधन

यसमध्ये २१ हजार ५ सय २४ जना सक्रिय सङ्क्रमित रहेकाे मन्त्रालयले बताएकाे छ।  यस्तै पछिल्लाे २४ घण्टामा काेराेना सङ्क्रमणबाट निधन हुनेकाे सङ्ख्या ५ रहेकाे छ।....

काेराेना अपडेटः २ हजार ९ सय ५७ जना सङ्क्रमणमुक्त

यस्तै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या भने २ हजार ९ सय ५७ रहेकाे छ।  हाल सक्रिय सङ्क्रमितकाे सङ्ख्या २२ हजार ३ सय २३ रहेकाे छ। जसमध्ये २....

असोज ४ गतेदेखि भेरोसेलकाे खोप लगाइने

कार्यालयले असोज ४ देखि ६ गतेसम्म खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ। कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार खोप लगाउनका....

चीनबाट आयाे ४४ लाख मात्रा 'भेराेसेल' खाेप

यसअघि सरकारले चीनबाट कूल ६० लाख डाेज खाेप नेपाल ल्याउने बताएकाे थियाे। जसमध्ये ४४ लाख खरीदमार्फत र १६ लाख डाेज चीन सरकारकाे अनुदानमार्फत उपलब्ध हुने....

काेराेना अपडेटः पछिल्लाे २४ घण्टामा ११ जनाकाे निधन

यस्तै पछिल्लाे २४ घण्टामा एक हजार एक सय ६५ जना नयाँ सङ्क्रमित थपिएका छन्। याेसँगै नेपालमा कूल सङ्क्रमितकाे सङ्ख्या ७ लाख ८१ हजार ९ सय....