निर्देशक सुदर्शनले समाचार वाचिका सुप्रियासँग इन्गेजमेन्ट गरे

निर्देशक सुदर्शनले समाचार वाचिका सुप्रियासँग इन्गेजमेन्ट गरे

काठमाडौँ : फिल्म निर्देशक सुदर्शन थापा र समाचार वाचीका सुप्रिया कटुवालले इन्गेजमेन्ट गरेका छन्। र्याडिसन होटेलमा उनीहरूले पारिवारिक सदस्यहरूको उपस्थितिमा इन्गेजमेन्ट गरेका हुन्।

निर्देशक थापाले ‘मेरो लभ स्टोरी', 'मधुमास', 'प्रेम गीत',' म यस्तो गीत गाउँछु',' रामकहानी',' म यस्तो गीत गाउँछु २’ लगायतका फिल्मको निर्देशन गरेका छन्।

सुप्रिया एपीवान् टेलिभिजनमा कार्यरत छिन्। उनले साँढे सात नामक फिल्म साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छिन्।

२१ भदौ, २०७८, १६:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।