शासक बस्छ मातेर चइनमा, जनता मारिन्छ काटेर तुइनमा

शासक बस्छ मातेर चइनमा, जनता मारिन्छ काटेर तुइनमा
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौ अमेरिकी सरकारको प्रस्तावित सहयोग कार्यक्रम एमसीसीको विषयमा मुलुक दुई धारमा विभाजित छ।

एक पक्षले अनुदानको रूपमा आउने सहयोग स्वीकार गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। अर्को समूह एमसीसी कार्यान्वयनमा ल्याउनु देशको लागि घातक हुने तर्क गर्छन्। सरकारले भदौ २३ गते संसद् बैठक बोलाएपछि एमसीसी टेबुल हुने चर्चा छ। संसद् बैठक आव्हान गरेसँगै यसको बिरोधमा रहेकाहरु सक्रिय हुन थालेका छन्।

एमसीसी, तुइन प्रकरण लगायतको बिरोधमा आज वैज्ञानिक समाजवादी पार्टी, नेपालले माइतीघर मण्डलामा प्रदर्शन गर्यो। त्यही प्रदर्शनका केही झलकहरु।  

२० भदौ, २०७८, १५:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।