शिक्षा

कक्षा १२ को परीक्षा ‘होम सेन्टर’ मै लिने तयारी

उकेरा संवाददाता


काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कोरोना सङ्क्रमण बढेका कारण स्थगित गरेको कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गराउने तयारी थालेको छ।

 राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षा ‘होम सेन्टर’ (जुन विद्यालय पढेको हो त्यही विद्यालय) बाट लिने तयारी भएको हो। होम सेन्टरमै परीक्षा लिने तय भए पनि कुन विधिबाट परीक्षा हुने भन्नेमा भने अहिले सम्म बोर्ड टुगोंमा पुग्न सकेको छैन।

‘होम सेन्टरबाटै परीक्षा लिने तयारी गरेका हौँ,’ प्रवक्ता अयार्लले भने, ‘परीक्षा कसरी लिने भन्ने बारे छलफल भइरहेको छ, हामीले विभिन्न  ५ विधिमा कुन विधि प्रयोग गर्ने भन्ने टुङ्गोमा पुग्न सेकेका  छैनौं।’

 बोर्डले एक हप्ता भित्र परीक्षाको विधि समेत टुङ्गो लगाएर तालिका सार्वजनिक गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए। 

यस अघि साउन ३१ गते हुने भनिएको कक्षा १२ को  परीक्षा कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै सरकारलाई चौतर्फी दबाब परेपछि  अनिश्चित कालको लागि स्थगित भएको थियो। त्यो भन्दा अघि जेठ २६ बाट गर्ने भनिएको परीक्षा पनि निषेधाज्ञाका कारण स्थगित भएको थियो। त्यति बेला नै परीक्षा हुने भन्दा १५ दिन अघि सूचना निकालेर तालिका सार्वजनिक गर्ने बोर्डले जनाएको  थियो। कक्षा १२ को परीक्षामा सहभागी हुन करिब ३ लाख ८६ हजार जनाले परीक्षा दिन फाराम भरेको परीक्षा बोर्डले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चिकित्सा शिक्षा आगोगले जारी गर्‍यो पूर्वमनोनयनको सूचना

‘आयोगले पूर्वमनोनयनको सूचीमा सूचिकृत भएका उमेद्वारले असोज ७ गतेभित्र आफू पूर्वमनोनयनमा परेको सिटमा अध्ययन गर्न सहमत वा असहमत भए सो को जानकारी अनिवार्य रूपमा आयोगलाई....

रुपन्देहीमा आजदेखि भौतिक उपस्थितिमा विद्यालय सञ्चालन 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोना सङ्क्रमणको दर कम भएका स्थानीय तहलाई विद्यालय सञ्चालनका लागि स्वीकृति दिएसँगै रुपन्देहीका विद्यालयमा आजदेखि भौतिक उपस्थितिमा पठन पाठन सुरु हुन....

ललितपुर महानगरका विद्यालय असोज १ गतेदेखि खुल्ने 

महानगरपालिकाले स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण रूपमा पालना गरी भौतिक उपस्थितिमा पठन पाठन गराउन विद्यालयहरूलाई नै जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।  विद्यालयमा मास्क, साबुन, पानी,....

असोज १ बाट पोखराका विद्यालय खुल्ने

विद्यालय सञ्चालन गर्दा कक्षाकोठा, फर्निचर, शौचालय, यातायातका साधन तथा विद्यालय प्राङ्गण पूर्णरूपमा निर्मलीकरण गरेर मात्र सञ्चालन गर्न पाइनेछ। पोखरा महानगर शिक्षा समितिको भदौ २८ गतेको....

विज्ञ भन्छन्– ‘अहिले बालबालिकालाई स्कुल पठाउनु त पापै हुन्छ’

स्वास्थ्य मापदण्ड अपनाएर कसरी विद्यालय सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको उनले बताइन्।  सहायक प्रजिअ घिमिरेले उकेरासँगको कुराकानीमा भनिन्– ‘आइतबार प्रमुख जिल्ला अधिकारीको संयोजकत्त्वमा काठमाडौंको....