कांग्रेस सभापतिहरू आज पनि अनशनमा

कांग्रेस सभापतिहरू आज पनि अनशनमा

काठामाडौ : क्रियाशील सदस्यताको सूची सार्वजनिक लगायतका माग राखेर चार दिन देखि आन्दोलित नेपाली कांग्रेसका जिल्ला सभापतिहरू आज पनि अनशन बसेका छन्।

क्रियाशील सदस्यताको नाम सार्वजनिक नगरेर आफूहरूलाई गुमराहमा राखेको भन्दै जिल्ला सभापतिहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा तीन दिन देखि अनशन बसेका हुन्। आज सिन्धुपाल्चोक सभापति विकास लामा, रोल्पाका अमर पुनः र सोलुखुम्बुका विनोद बस्नेत अनशन बसेका छन्।

क्रियाशील सदस्यता सार्वजनिकसँगै सदस्यतामा देखिएका त्रुटि सच्याउने समय दिनुपर्ने र जिल्ला सदस्य उम्मेदवार बन्न सबै जिल्लामा एउटै प्रावधान राखिनुपर्ने माग राखेर सभापतिहरू आन्दोलनमा छन्।  

११ भदौ, २०७८, १२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।