कांग्रेस जिल्ला सभापतिहरू अनशनमा

कांग्रेस जिल्ला सभापतिहरू अनशनमा

पार्टी नेतृत्वले सार्वजनिक नगरी अपारदर्शी ढङ्गबाट क्रियाशील सदस्यता वितरण गरेको भन्दै जिल्ला सभापतिहरू मंगलबार देखि आन्दोलनमा उत्रिएका हुन्।

पालो गरी अनशन बस्ने क्रममा आज जिल्ला सभापतिहरू तनहुँका वैकुण्ठ न्यौपाने, सुर्खेतका कमल रेग्मी र डोल्पाका अङ्गद बुढा अनशन बसेको सिन्धुपाल्चोक सभापति विकास लामाले जानकारी दिए।

सभापतिहरू सदस्यता विवरण सार्वजनिक गर्नुपर्ने, सदस्यतामा देखिएका त्रुटि सच्याउन समय दिनुपर्ने तथा जिल्ला सभापतिको उम्मेदवार हुन सबैलाई समान मापदण्ड लागु गरिनुपर्ने लगायतका माग राखी अनशनमा बसेका छन्।

 

१० भदौ, २०७८, १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।