निर्वाचन आयोगमा नेताका मुड : कोही मक्ख, कोही ठुस्स (फोटो फिचर)

निर्वाचन आयोगमा नेताका मुड : कोही मक्ख, कोही ठुस्स (फोटो फिचर)
तस्बिर : कृष्पा श्रेष्ठ ।

काठमाडौं : नेकपा एमाले फुटेर नेकपा समाजवादीले आधिकारिकता पाउने दिन आज माधव नेपाल समूहका सा‌ंसद तथा केन्द्रीय सदस्यहरु निकै तामझामका साथ निर्वाचन आयोग पुगेका थिए।

पार्टी फुटको आधिकारिकता लिन टुरिस्ट बस चढेर निर्वाचन आयोग पुगेका नेकपा एकीकृत समाजवादीका नेताहरु आआफ्नै धुनमा देखिन्थे।

कोही फोहोरा छुट्ने गरी हाँसिरहेका थिए त कोही ठुुस्स परेर बसिरहेका थिए। कसैको मुड पार्टी फुटेको होइन, युद्ध जितेको खुसियाली जस्तो देखिन्थ्यो भने कोही चिन्तित मुद्रामा देखिएका थिए।

 

९ भदौ, २०७८, १३:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।